• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

रोशीकाे मंगल जनविजय माविमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम

रोशीकाे मंगल जनविजय माविमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, मंगलटारस्थित श्री मंगल जनविजय माध्यमिक विद्यालयमा साइबर अपराध (Cyber Crime) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक बासु थापाको संयोजकत्वमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोककी कार्यालय प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्रले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा साइबर अपराधबाट जोगिन अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको थियो ।

विद्यार्थीहरूलाई डिजिटल प्रविधिको जिम्मेवार र सुरक्षित प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १९, मंगलवार १७:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP