• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै

नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहेको छ । अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ।

यस्तै, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १६, सोमबार ००:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP