• २०८३ भाद्र २० | Sat, 05 Sep 2026

अवैध लागूऔषध काराेबार दिनदिनै बढ्दै, विभिन्न स्थानबाट थप १५ जना पक्राउ

अवैध लागूऔषध काराेबार दिनदिनै बढ्दै, विभिन्न स्थानबाट थप १५ जना पक्राउ

काठमाडौँ । प्रहरीकाे सक्रियताका बाबजुद् पनि अवैध लागूऔषध काराेबार दिनदिनै बढ्दै गएकाे छ । विगत २४ घण्टामा देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका-३ तिलिङ्गेटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्रामसहित काठमाडौँ जोरपाटी बस्ने धनकुटा घर भएका २१ वर्षीय सुदिप राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-६ गछिया बस्ने ३० वर्षीय अनिष मगरसमेत ४ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १४ ट्याब्लेट र स्पास्मो १ सय १४ ट्याब्लेटसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले अनिषको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय सुजन धमलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ मोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय अजय रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ कुम्भियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शिशिर बमलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित गोदावरी नगरपालिका-४ बस्ने २५ वर्षीय लोकेन्द्र बोगटीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-९ पोखरीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सदानन्द शर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट साम्बलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१४ ढोडेनी टोलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय दिपेश चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित दंगाली होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ दुधरास बस्ने २३ वर्षीय सुदन पुनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बिचपट्टी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने ३३ वर्षीय बिबेक कार्की र सोही नगरपालिका-६ ऐठपुर बस्ने ३६ वर्षीय राजकुमार भट्ट रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले डिएल ४ सिएएफ ७४९७ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेटसहित कैलाश गाउँपालिका-६ बस्ने २४ वर्षीय सुजन थोकरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १५, बिहीबार ०९:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP