• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बनेपाबाट २५५ राउण्ड गोली बरामद्

बनेपाबाट २५५ राउण्ड गोली बरामद्

काभ्रे । नेपाल प्रहरीले काभ्रेको बनेपाबाट २५५ राउण्ड गोली बरामद् गरेको छ ।

गत वर्ष भदौमा जेन्जी आन्दोलनका बेला प्रहरी चौकीबाट हराएका एसएलआरका २३१ राउण्ड गोली र थ्रिनटथ्रिका २४ राउण्ड गोली बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

ती गोलीहरु बनेपा नगरपालिका वडानम्बर ८ स्थित सडकको नालीमा बाकसमा राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो । उल्लेखित गोलीहरु हाल इलाका प्रहरी कार्यालय बनेपामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २५, शुक्रबार १६:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP