• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

बीपी राजमार्ग आजदेखि एकतर्फी सुचारु, नियमित संचालनका लागि केही दिन लाग्ने

बीपी राजमार्ग आजदेखि एकतर्फी सुचारु, नियमित संचालनका लागि केही दिन लाग्ने

काभ्रे । बाढीले क्षतिग्रस्त बीपी राजमार्ग आजदेखि एकतर्फी सुचारु भएको छ। असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंलाई पूर्वीनेपालसँग सिधा जोड्ने उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायीरूपमा मर्मत गरी एकतर्फीरूपमा सञ्चालन गरिएको हाे ।

सडक दुईतर्फी सञ्चालनमा आउन केही दिन लाग्ने राेशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनका अनुसार अझै ठाउँ ठाउँमा रोलिङ र ग्रेडिङ मिलाउने कार्य भइरहेकाे छ। यसकारण यातायात केही असहज हुने सडक विभागलाई उदृत गर्दै अध्यक्ष लामाले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन काभ्रेका नमाेबुद्ध, राेशी, महाभारत, तेमाल र सिन्धुलीका सुनकाेशीलगायत पालिकाहरुले रोशीखोलामा डाइभर्सन निर्माण गर्न सहमति गरेका थिए। साेही अनुसार गत सोमबारबाट मर्मत शुरु गरिएको थियो। बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २४, शुक्रबार १२:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP