काठमाडौं । सुकुम्बासी बस्ती खाली गर्ने अभियान अन्तर्गत शनिबार काठमाडौंको बालाजु, माछापोखरी र स्वयम्भू क्षेत्रमा सरकारले डोजर चलाएको छ । खोला किनार अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन शनिबार यस क्षेत्रमा डोजर चलाइएको हो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार हालसम्म उपत्यकामा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजार घरटहरा हटाइसकिएको छ ।
सरकारले शुक्रबार बल्खु, वंशीघाट, गोंगबु, शंखमुल क्षेत्रका अतिक्रमित संरचना डोजर लगाएर घटाएको थियो । यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल क्षेत्रका सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाइएको सुकुम्बासी बस्ती खाली गरिएको थियो ।
प्रतिक्रिया