काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका-७ नौबिसेबाट भरूवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् ।
सोही नगरपालिका-७ कुन्तावेशी बस्ने पाँचखाल नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हाे ।
बा.प्र ०३-००७ प ९२९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरी चौकी हिँगुवापाटीबाट खटिएको प्रहरी टाेलीले उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया