• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

३ हजार ४०० ले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ हजार ४०० ले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार भने सुनकाे मूल्य बढेको छ । प्रतितोला ३ हजार ४०० ले मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ९६ हजार १०० कायम भएको छ ।

याे हप्ता आइतबार २ हजार ७०० ले मूल्य बढेको थियाे । साेमबार १ हजार ३०० ले बढ्याे । मंगलबार भने ३ हजारले मूल्य घटेको थियाे । बुधबार ३ हजारले घट्यो। बिहीबार १ हजार ८०० ले मूल्य घटेको थियाे । शुक्रबार ३ हजार ४०० ले बढ्याे ।

गत हप्ता आइतबार १ हजार २०० ले मूल्य बढेको थियाे । यस्तै साेमबार १ हजार ३०० ले मूल्य घट्याे भने मंगलबार १ हजार ६०० ले मूल्य बढेको थियाे । बुधबार पनि ८०० ले घटेको थियो । बिहीबार १ हजार ८०० ले मूल्य घटेको थियाे भने शुक्रबार २ हजार २०० ले मूल्य घट्याे ।

यता  शुक्रबार चाँदीकाे मूल्य पनि बढेको छ । १३५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ९४५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १९, शनिबार ०८:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP