धुलिखेल । काभ्रेकाे धुलिखेल नगरपालिका-४ बाँसघारीमा बेवारिसे अवस्थामा भेटिएका एक मानिसकाे मृत्यु भएकाे छ ।
शुक्रबार दिउँसाे १२ः२० बजेको समयमा बाँसघारी स्थित हाल संचालनमा नरहेको ककोसिया क्याफेभित्र कोठामा नाम, थर, वतन नखुलेको अन्दाजी बर्ष-५५ को पुरुष ब्यक्ति बोल्न नसक्ने बिरामी अवस्थामा रहेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी अधिकृतसहितको टोली खटिई निजलाई उद्धार गरी धुलिखेल अस्पताल पठाएको थियाे ।
तर उपचारको क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेकाे थियाे । हाल निजको शव धुलिखेल अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएकाे छ ।
उनकाे हालसम्म नाम, थर, ठेगानालगायत कुनै पनि पहिचान खुल्न नआएकाले उनका सम्बन्धमा कुनै जानकारी भएमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकमा सम्पर्क गरिदिनु हुन प्रहरीले अनुरोध गरेकाे छ । साथै प्रहरीले थप अनुसन्धान पनि भइरहेकाे जनाएकाे छ ।
प्रतिक्रिया