काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा याे समाचार तयार पार्दासम्म ४ जनाकाे मृत्यु भएकाे छ । जसमा ३ महिला र एक पुरुष रहेका छन् ।
सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटना भएको थियो ।
ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।
करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
प्रतिक्रिया