• २०८३ असार ३१ | Wed, 15 Jul 2026

घटस्थापनादेखि असोज २२ गतेसम्म नेपालभर रुट परमिट खुल्ला हुने

घटस्थापनादेखि असोज २२ गतेसम्म नेपालभर रुट परमिट खुल्ला हुने

काठमाडाैं । दशैंलाई लक्षित गरी सरकारले घटस्थापनादेखि असोज २२ गतेसम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ। यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णयसमेत गरेको विभागले जनाएको छ।

कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ।

यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन असोज ६ गते घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौं रुटमा चलाउन नपाउने गरी निर्णय भएको छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३१, मंगलवार १५:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP