• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

करिब ७ सय ९३ किलोग्राम गाँजासहित देशका विभिन्न ठाउँबाट ५ जना पक्राउ

करिब ७ सय ९३ किलोग्राम गाँजासहित देशका विभिन्न ठाउँबाट ५ जना पक्राउ

मकवानपुर । भीमफेदी गाउँपालिका-२ चुनियाबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ३८ किलोग्रामसहित कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय रामबहादुर मोक्तानसमेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको लु.१ च २१५२ नम्बरको बोलेरो गाडी र बा. प्र.०३-००५ प ४५७६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

धनकुटा, साँगुरीगढी गाउँपालिका-७ गर्जुवास्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५ किलोग्रामसहित सोही गाउँपालिका-७ बस्ने ३३ वर्षीय प्रकाश राईसमेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ललितपुर, बाग्मती गाउँपालिका-३ छपेलीबाट करिब १ सय ५० किलोग्राम गाँजा सहित मकवानपुर हेटौंडा बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय नगेन्द्र श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले ना.३ च ४०५ नम्बरको हात्ती गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी गाडी चालक नगेन्द्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ६, बुधबार १२:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP