काठमाडौँ । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौँकाे लैनचौरबाट एक जना पक्राउ परेका छन् ।
युरो एसिया एजुकेशन कन्सल्ट प्रालिका संचालक काठमाडौँ महानगरपलिका-१० पुरानो बानेश्वर बस्ने उदयपुर त्रियुगा नगरपालिका-६ जलजले घर भएका ३५ वर्षीय सूर्यबहादुर डाँगीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सूर्य बहादुरले अध्ययनका लागि युएसए, क्यानडा, अष्ट्रेलिया, युके लगायतका देशहरूमा पठाउन कलेज फि, इन्सुरेन्स पोलिसीसमेतको लागि International Dollar Card मार्फत भुक्तानी गर्दा छिटो र सहज हुन्छ भनि आफ्नो कम्पनीको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।
झुट्ठा आश्वासन देखाई विश्वासमा पारी पीडितहरूबाट २६ लाख ८ हजार ५ सय ६५ रूपैयाँ ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लैनचौरबाट उनलाई पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धान तथा कारवाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया