धुलिखेल । कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेल शाखाले युरिया मल खरिद तथा अनलाइन प्रविष्टिसम्बन्धी सूचना जारी गरेको छ ।
शाखाले २०८३ साल वैशाख १४ गतेको युरिया मल कोटाअन्तर्गत अझै मल खरिद गर्न बाँकी रहेका तथा बिल भइसके पनि ढुवानी गर्न बाँकी रहेका डिलरवाला सहकारी संस्थाहरूलाई जेठ १८ गतेभित्र आफ्नो कोटाअनुसारको मल खरिद गरी लैजान अनुरोध गरेको हो ।
शाखाले समयमै मल खरिद तथा ढुवानी नगरे आगामी वितरण व्यवस्थामा समस्या आउन सक्ने जनाएको छ । साथै यसअघि मल खरिद गरी ढुवानी सम्पन्न गरिसकेका सहकारी संस्थाहरूलाई रासायनिक मल व्यवस्थापन प्रणाली (FMS) मा मौज्दात विवरण अनिवार्यरूपमा अद्यावधिक गर्न आग्रह गरिएको छ ।
सूचनाअनुसार प्रणालीमा मौज्दात बाँकी देखिएमा आगामी कोटाको बिल प्रक्रिया अगाडि बढाउन समस्या हुने भएकाले बाँकी विवरण यथाशीघ्र प्रविष्टि गर्न अनुरोध गरिएको छ ।
अनलाइन प्रविष्टिमा कुनै समस्या वा अन्य जानकारी आवश्यक परे कार्यालयको सम्पर्क नम्बर ०११–४९०३०६ मा सम्पर्क गरी सहयोग लिन सकिने पनि सूचनामा उल्लेख छ ।
प्रतिक्रिया