काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ। आज प्रतिताेला एक हजार चार सयले घटेकाे हाे ।
याे हप्ता आइतबार सुनको मूल्य १ हजार ३०० ले बढेको थियाे । साेमबार ६०० ले घट्याे भने मंगलबार एकै दिन ७ हजार ९०० ले घटेकाे थियाे । बुधबार पनि एक हजार एक सयले घट्याे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला २ लाख ५९ हजार ६०० मा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी ५५ रुपैयाँले घटेको हो। यससँगै ४ हजार ४१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
एक हप्तामा प्रतितोला १० हजार नाै सयले बढ्यो सुनको मूल्य
नेपाली बजारमा गत हप्ता सुनकाे मूल्य बढेकाे छ । हप्ताभरिकाे काराेबारमा प्रतितोला १० हजार नाै सयले भाउ बढेकाे हाे । पुस ४ गते शुक्रबार प्रतिताेला २ लाख ५८ हजार ४०० मा काराेबार भएकाे सुन आइतबार २ लाख ५८ हजार ३०० मा काराेबार भयाे ।
यस्तै साेमबार ३ हजार ४०० ले बढेर २ लाख ६१ हजार ७०० मा र मंगलबार पाँच हजार पाँच सयले बढ्दै २ लाख ६७ हजार २०० मा काराेबार भएकाे थियाे ।
बुधबार २ लाख ६८ हजार १०० र बिहीबार २ लाख ६७ हजार पाँच सयमा काराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने एक हजार ८०० ले बढ्दै २ लाख ६९ हजार ३०० पुगेकाे थियाे ।
यस्तै चाँदीकाे मूल्यमा पनि उच्च बृद्धि भएकाे छ । गत साता शुक्रबार प्रतिताेला ४ हजार ५ मा काराेबार भएकाे सुन याे हप्ताकाे शुक्रबारसम्म आइपुग्दा ४ हजार ५६५ रुपैंयाँमा काराेबार भएकाे थियाे । एक हप्तामा चाँदी ५६० रुपैंयाँले बढेकाे हाे ।
प्रतिक्रिया