काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २७.८९ अंकले घटेकाे छ ।
४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २ हजार ६५४.३५ अंकमा झरेको छ।
आजकाे कारोबारमा १९३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएकाे छ भने ५३ वटा कम्पनीको शेयर मूल्य बढेकाे छ । त्यस्तै, ५ वटा कम्पनीको मूल्य भने यथावत रहेको छ।
बुधबारको कारोबारमा माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर कारोबार गर्नेहरूले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।
प्रतिक्रिया