• २०८३ असार ३० | Tue, 14 Jul 2026

खाँडादेवीकाे टिमुमा दन्त शिविर आयोजना हुने

खाँडादेवीकाे टिमुमा दन्त शिविर आयोजना हुने

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. ७ टिमुमा रहेकाे श्रीकृष्ण माविमा दन्त स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

कान्छीमाया तामाङ मेमाेरियल सामुदायिक अस्पताल, गाल्पाको आयोजनामा जेठ ३१ गते गाल्पा बजार र असार १ गते टिमुमा सञ्चालन हुने उक्त शिविरमा दाँतसम्बन्धी विभिन्न समस्याको जाँच, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।

दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको अस्पतालका संचालक डा. दिलबहादुर थाेकरले जानकारी दिनुभयाे ।

अस्पतालले दाँत दुख्ने, गिजासम्बन्धी समस्या, दाँत किराले खानेलगायत मुख तथा दन्त स्वास्थ्यसम्बन्धी समस्या भएका स्थानीयलाई शिविरमा सहभागी भई सेवा लिन आग्रह गरेको छ ।

स्वस्थ जीवनका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक भएकाले अवसरको सदुपयोग गर्दै शिविरमा सहभागी हुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ३०, शनिबार ०८:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP