• २०८३ असार ३० | Tue, 14 Jul 2026

सिन्धुपाल्चोकमा जनस्वास्थ्य कार्यालयको नेतृत्वमा दुई दिने स्वास्थ्य कार्यक्रमकाे समीक्षा शुरु

सिन्धुपाल्चोकमा जनस्वास्थ्य कार्यालयको नेतृत्वमा दुई दिने स्वास्थ्य कार्यक्रमकाे समीक्षा शुरु

सिन्धुपाल्चोक । आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा आजदेखि औपचारिकरूपमा शुरु भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन सत्र उत्साहजनक वातावरणमा सम्पन्न भयाे ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंको अध्यक्षता, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिसस उप–प्रमुख पदमनाथ नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका उप–प्रमुख सीता थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरू तथा सरोकारवालाको उपस्थिती रहेको थियो।

उद्घाटन सत्रमा प्रमुख अतिथी बालकृष्ण श्रेष्ठले जिल्लाको स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी बनाउनका लागि सबै निकाय एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले जनस्वास्थ्य कार्यालयको नेतृत्वमा भएका ग्रामीण स्वास्थ्य सुधारका प्रयासहरूको प्रशंसा गर्दै, आगामी वर्ष अझै दीगो र परिणाममुखी कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, प्रमुख दुर्गा बजगाईंले जिल्लाभरका १२ पालिकामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, चुनौती र आगामी रणनीतिहरूको समीक्षा यस दुई दिने कार्यक्रममा हुने जानकारी दिनुभयो। उहाँले स्वास्थ्य सेवा अब पहुँचमा मात्र होइन, गुणस्तरमा पनि केन्द्रित हुनुपर्ने समय आएको भन्दै सबै पालिकासँग सहकार्यमा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा प्रत्येक पालिकाले आफ्ना सफल प्रयासहरू, नवीनतम पहल, समस्या र सिकाइ ब्यानरसहित प्रस्तुत गरेका छन् । मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, सरसफाइ सचेतना, पोषण सुधार, परिवार नियोजन, दीगो स्वास्थ्य प्रणाली र रोग नियन्त्रणका विषयमा प्रभावकारी कार्यहरू प्रस्तुत गरिएको छ।

समीक्षा कार्यक्रममा जिल्लाभरका स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले आफ्ना-आफ्ना पालिकास्तरीय उपलब्धी र चुनौतीबारे विश्लेषण गर्दै आगामी वर्षका लागि सामूहिक योजना तय गर्नेछन् । कार्यक्रमको उद्घाटन सत्रको समापन जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले गर्नुभएको थियो।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २५, मंगलवार १२:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP