काभ्रे । चौंरीदेउराली गाउँपालिकामा रहेको जागृति माध्यमिक विद्यालयमा छात्राहरूका लागि विद्यालयमा आधारित महिनावारी सरसफाइ गोष्ठी (पहिलो ब्याच) सम्पन्न भएको छ।
कार्यक्रममा किशोरीहरूको स्वास्थ्य, महिनावारी सरसफाई, आत्मविश्वास विकास तथा सुरक्षित व्यवहारसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । सहभागी छात्राहरूले कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाउँदै आफ्ना जिज्ञासा र अनुभवहरू साझा गरेका थिए ।
गोष्ठीमार्फत सही जानकारी, स्वस्थ सोच र सकारात्मक व्यवहारले किशोर–किशोरीहरूलाई सक्षम, आत्मविश्वासी तथा जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ । विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाएको विश्वास लिइएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग, समन्वय तथा सहभागिता जनाउने जागृति माध्यमिक विद्यालय परिवार, शिक्षक–शिक्षिका, चौंरीदेउराली गाउँपालिका तथा सम्पूर्ण विद्यार्थीहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ ।
त्यसैगरी, कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सूचना, शिक्षा तथा सञ्चार (IEC) सामग्री उपलब्ध गराई सहयोग पुर्याएको Global Action Nepal प्रति विशेष धन्यवाद ज्ञापन गरिएको छ ।
आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै सुरक्षित, स्वस्थ र समृद्ध भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया