• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

कक्षा १२ को नतिजा सार्वजनिकः ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण, नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा सार्वजनिकः ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण, नतिजा कसरी हेर्ने ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हाे ।

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका मध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि २७ गतेसम्म संचालन भएको थियो । संख्याकाे हिसाबले कूल २ लाख ६८ हजार १९० जना उत्तीर्ण भएका हुन् । जसमा नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० रहेका छन् ।

परीक्षाको मर्यादा विपरीत कार्य गर्ने ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको बाेर्डले जनाएकाे छ । जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन् । उल्लेखित माध्यमबाट नतिजा हेर्न सक्ने बाेर्डले जनाएकाे छ ।

वेबसाइट: राष्ट्रिय परीक्षा बोर्डको [result.neb.gov.np](http://result.neb.gov.np) वा नेपाल टेलिकमको [neb.ntc.net.np](https://neb.ntc.net.np) मा लगइन गरेर।
SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर।
IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट।

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार ५, शुक्रबार १०:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP