• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

सुनको मूल्यमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरूपमा बढेकाे छ । आज प्रतितोला  ६०० रूपैंयाँले मूल्य बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८७ हजार ३०० कायम भएको छ । गत हप्ता आइतबार १ हजार २०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार ५ हजार रूपैंयाँले मूल्य बढ्याे । मंगलबार ३०० रूपैंयाँले मूल्य बढेको थियाे ।

बुधबार १ हजार २०० रूपैंयाँले मूल्य घट्याे भने बिहीबार १०० रूपैंयाँले मूल्य घटेको थियाे । शुक्रबार १० हजार ५०० रूपैंयाँले मूल्य घटेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेको छ । ५० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ६९० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ७, आईतवार १०:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP