• २०८३ असार ३२ | Thu, 16 Jul 2026

देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव, केही क्षेत्रमा वर्षाको सम्भावना

देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव, केही क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहने सम्भावना रहेको छ भने बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि तातो दिन रहने मौसमविद्ले बताएका छन् ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना कायम रहने जनाइएको छ ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार ९, मंगलवार ०६:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP