काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज प्रतितोला ५ हजार २०० रूपैंयाँले मूल्य घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७८ हजार ६०० कायम भएको छ ।
याे हप्ता आइतबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे । मंगलबार १ हजार ६०० रूपैंयाँले मूल्य घटेको थियाे । बुधबार ३ हजार ६०० रूपैंयाँले मूल्य घटेको थियाे ।
यस्तै गत हप्ता आइतबार १ हजार २०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार ५ हजार रूपैंयाँले मूल्य बढ्याे । मंगलबार ३०० रूपैंयाँले मूल्य बढेको थियाे ।
बुधबार १ हजार २०० रूपैंयाँले मूल्य घट्याे भने बिहीबार १०० रूपैंयाँले मूल्य घटेको थियाे । शुक्रबार १० हजार ५०० रूपैंयाँले मूल्य घटेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेको छ । २५० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार २३५ रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया