• २०८३ असार ३० | Tue, 14 Jul 2026

अफगानिस्तानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार साँझ करिब ७ः०४ बजे भूकम्प गएको हाे ।

भूकम्पको धक्का अफगानिस्तानसहित भारत, पाकिस्तान, चीन, ताजिकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय भूकम्पमापन निकायहरूले जनाए अनुसार भूकम्पको केन्द्र उत्तरपूर्वी अफगानिस्तानको कलाफगानबाट करिब ८१ किलोमिटर टाढा रहेको छ । यसको गहिराइ करिब २१५ किलोमिटर रहेको छ । यद्यपि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन ।

भारतमा विशेषगरी जम्मु–कश्मीर र दिल्ली–एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए ।

अधिकारीहरूले अवस्था सामान्य रहेको जनाउँदै क्षतिको विवरण संकलन भइरहेको बताएका छन् । भूकम्प निकै गहिराइमा गएको हुनाले व्यापक क्षति नभएको प्रारम्भिक अनुमान गरिएको छ ।एजेन्सी



कालोटोपी कालोटोपी    
  • २०८३ असार १४, आईतवार ०५:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP