• २०८३ असार ३१ | Wed, 15 Jul 2026

थप सक्रिय हुँदै मनसुन, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

थप सक्रिय हुँदै मनसुन, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको छ ।

मङ्गलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ । गए राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा भएकाे छ ।

आइतबार कोशी प्रदेशका पहाडी र तराई भागका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ ।

सोही दिन सुदूरपश्चिम प्रदेशका तराई तथा लुम्बिनी प्रदेशका पश्चिम तराईका थोरै स्थानमा तातो लहरको सम्भावना छ । सोमबारदेखि भने वर्षा थप बढ्नेछ ।

सोमबार देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपात तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १४, आईतवार ०६:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP