• २०८३ असार ३० | Tue, 14 Jul 2026

काभ्रेमा वर्डफ्लु पुष्टि भएपछि धुलिखेल अस्पतालद्वारा सतर्कता अपनाउन आग्रह

काभ्रेमा वर्डफ्लु पुष्टि भएपछि धुलिखेल अस्पतालद्वारा सतर्कता अपनाउन आग्रह

धुलिखेल। काभ्रेपलाञ्चोक जिल्लाका केही क्षेत्रमा बर्ड फ्लु (H5N1) संक्रमण पुष्टि भएपछि धुलिखेल अस्पतालले कर्मचारी, विद्यार्थी, सेवाग्राही तथा समुदायको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सतर्कता र संक्रमण नियन्त्रणका उपायहरू लागू गरेको जनाएको छ।

अस्पतालले हालसम्म उपलब्ध जानकारीअनुसार मानिसमा संक्रमणको जोखिम न्यून रहेको भए पनि सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

अस्पतालका अनुसार बिरामी वा मरेका कुखुरा तथा अन्य पक्षीसँग प्रत्यक्ष सम्पर्क नगर्न, कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा अस्वाभाविकरूपमा बिरामी वा मरेका पक्षी देखिएमा सम्बन्धित स्थानीय तह वा पशु स्वास्थ्य निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।

त्यस्तै, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको र संक्रमित पक्षीसँग सम्पर्क भएको इतिहास भएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ।

धुलिखेल अस्पतालले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्दै अवस्थाको निगरानी गरिरहेको जनाउँदै आवश्यक परे थप जानकारी तथा अद्यावधिक सूचना समयमै सार्वजनिक गरिने जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १५, सोमबार १२:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP