• २०८३ असार ३० | Tue, 14 Jul 2026

आयुर्वेद सेवा तथा कार्यक्रमको काभ्रे जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी

आयुर्वेद सेवा तथा कार्यक्रमको काभ्रे जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी

काभ्रे । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेको आयोजनामा शुक्रबार आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यता, जनस्वास्थ्य प्रमुख रागीश्री कक्षपति श्रेष्ठको विशिष्ट आतिथ्यता, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका प्रमुख डा. अर्जुन उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लाका ८ वटा स्थानीय तहबाट आयुर्वेद सेवा तथा कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनासम्बन्धी प्रस्तुतीकरण गरिएको थियो । सहभागीहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने विषयमा आ–आफ्ना सुझाव तथा अनुभवसमेत आदानप्रदान गरेका थिए ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको दाप्चा आयुर्वेद औषधालय उत्कृष्ट आयुर्वेद औषधालय घोषित भएको छ । त्यसैगरी बेथानचोक गाउँपालिका अन्तर्गत सञ्चालित नागरिक आरोग्य केन्द्र उत्कृष्ट नागरिक आरोग्य केन्द्रका रूपमा सम्मानित भएको छ ।

यस अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपामा कार्यरत विभिन्न कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादन, सेवा समर्पण तथा योगदानका आधारमा विभिन्न विधामा सम्मानसमेत प्रदान गरिएको थियो । कार्यक्रममा आयुर्वेद सेवाको पहुँच विस्तार, गुणस्तर अभिवृद्धि, रोगको रोकथाम तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि आगामी वर्ष सञ्चालन गरिने कार्यक्रम तथा योजनाबारे समेत विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १९, शुक्रबार २१:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP