• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज विश्व मधुमेह दिवस नेपालमा पनि विविध कार्यक्रमसहित मनाइँदै

आज विश्व मधुमेह दिवस नेपालमा पनि विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ । आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। विविध चेतनामूलक कार्यक्रमका साथ दिवस मनाउन थालिएकाे हाे। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००७ देखि याे दिवस मनाउन थालिएकाे हाे। मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए । मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो ।

स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन् । उक्त विश्व संस्थाले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २८, शुक्रबार ०१:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP