• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

नेपाल शिक्षक संघ सिन्धुपाल्चोककाे कार्यक्रममा ४६ जनाले गरे रक्तदान

नेपाल शिक्षक संघ सिन्धुपाल्चोककाे कार्यक्रममा ४६ जनाले गरे रक्तदान

  • देवराज सुवेदी

तातोपानी । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा तातोपानी मावि तातोपानी, भोटेकोशीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।

शिक्षक, कर्मचारी तथा स्थानीयले रक्तदानमा सहभागिता जनाएको नेपाल शिक्षक संघ, प्रदेश कार्यसमिति सदस्य तथा नेपाल रेडक्रस सिपाघाट उपशाखा सभापति केशव डोटेलले जानकारी दिनुभयो ।

नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति अध्यक्ष दिपक सिम्खडाको प्रमुख आतिथ्यताम तथा जिल्ला अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिव रुद्र कार्कीले गर्नुभएको थियो ।

कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले गरेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २२, शनिबार १४:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP