• २०८३ असार ३० | Tue, 14 Jul 2026

मण्डनदेउपुरका आधारभूत तहका शिक्षकलाई पाँच दिने क्षमता विकास तालिम

मण्डनदेउपुरका आधारभूत तहका शिक्षकलाई पाँच दिने क्षमता विकास तालिम

काभ्रे । मण्डनदेउपुर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आधारभूत तहका शिक्षक–शिक्षिकाका लागि सञ्चालन गरेको पाँच दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

नगरपालिकाका अनुसार तालिममा आधारभूत तहमा अध्यापनरत शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो । तालिममार्फत शिक्षण सिकाइलाई अझ प्रभावकारी, विद्यार्थीमैत्री र उपलब्धिमूलक बनाउने विषयमा विभिन्न व्यावहारिक तथा सीपमूलक प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई कक्षाकोठामा प्रभावकारीरूपमा प्रयोग गरी विद्यार्थीहरूको सिकाइ उपलब्धि तथा समग्र शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

तालिम समापनका अवसरमा नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले सहभागी सम्पूर्ण शिक्षक–शिक्षिकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयाे । उहाँले शिक्षकहरूको क्षमता विकासमार्फत गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने नगरपालिकाको अभियान आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयाे ।

उपप्रमुख नेपालले तालिम सफल बनाउन योगदान पुर्‍याउने प्रशिक्षक, सहभागी शिक्षक–शिक्षिका तथा प्रत्यक्ष–अप्रत्यक्षरूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २३, मंगलवार २१:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP