• २०८३ असार ३० | Tue, 14 Jul 2026

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सामाजिक एकता र स्वस्थ जीवन निर्माण गर्ने सशक्त आधार भएको उल्लेख गर्नुभयो । उहाँले महिलालाई घर–परिवारको सीमित भूमिकाभन्दा बाहिर खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

प्रमुख तामाङले मेलम्ची नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै महिला तथा युवाको प्रतिभा उजागर गर्न आवश्यक पूर्वाधार निर्माण, खेल सामग्री व्यवस्थापन, प्रशिक्षण तथा प्रतियोगिताको आयोजनामा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले खेलाडीहरूलाई राष्ट्रको गौरवका संवाहकको रूपमा सम्मान गर्दै उनीहरूको हौसला अभिवृद्धि गर्न स्थानीय सरकार सधैं प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख तामाङ प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सहभागी खेलाडीहरूबाट उत्साहपूर्वक प्रतिस्पर्धा गर्दै खेलभावना, आपसी सद्भाव र महिला सशक्तीकरणको सन्देश प्रवाह गरेका थिए । MANASLU WOMEN’S CAPACITY DEVELOPMENT CENTER को आयोजनामा तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा “खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद, चुलो–चौकादेखि अन्तर्राष्ट्रिय खेल मैदानसम्म” भन्ने मूल नाराका साथ नयाँ शैलीको खेल Catch’n Serve Ball प्रतियोगिता सम्पन्न भएको हो ।आयोजक संस्थाले यस किसिमका प्रतियोगिताले महिलाको नेतृत्व विकास, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनसँगै नयाँ खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको थियो ।

प्रतियोगितामा विभिन्न टोलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै दुर्गा चालिसेको अध्यक्षता MANASLU WOMEN’S CAPACITY DEVELOPMENT CENTER MELAMCHi शाखा गठन गरेको छ । कार्यक्रमले खेलकुदमार्फत समानता, आत्मविश्वास र स्वस्थ समाज निर्माणको अभियानलाई थप मजबुत बनाउने सहभागीहरूले बताएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २७, शनिबार २१:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP