• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बिन्धवासिनी बचत तथा ऋण सहकारीको वित्तीय अवस्था सार्वजनिक, सदस्य संख्या ७३ हजार नाघ्यो

बिन्धवासिनी बचत तथा ऋण सहकारीको वित्तीय अवस्था सार्वजनिक, सदस्य संख्या ७३ हजार नाघ्यो

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी विभागको निर्देशनअनुसार २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय तथा अन्य विवरण सार्वजनिक गरेको छ ।

संस्थाले सार्वजनिक गरेको विवरणअनुसार हाल संस्थाको शेयर पुँजी ५३ करोड ४७ लाख ६९ हजार २ सय रुपैयाँ पुगेको छ । त्यसैगरी कुल बचत रकम ४ अर्ब ३५ करोड १६ लाख ७२ हजार ६ सय ५८ रुपैयाँ र ऋण लगानी ३ अर्ब ६१ करोड ७९ लाख ४६ हजार ५८२ रुपैयाँ रहेको छ ।

विवरणअनुसार संस्थाको कुल सम्पत्ति ५ अर्ब ६३ करोड २८ लाख ५६ हजार ७३३ रुपैयाँ रहेको छ भने तरलता १ अर्ब ५ करोड २७ लाख ९ हजार ३८० रुपैयाँ रहेको देखिएको छ । संस्थाको तरलता प्रतिशत २४.१९ प्रतिशत रहेको सार्वजनिक गरिएको छ ।

सहकारीमा कुल शेयर सदस्य संख्या ६१ हजार १५६ र शैक्षिक बाल बचतकर्ता १२ हजार ६०५ गरी कुल ७३ हजार ७६१ सदस्य आबद्ध रहेका छन् । त्यस्तै कुल ऋणी सदस्य संख्या ७ हजार १६२ रहेको विवरणमा उल्लेख छ ।

संस्थाले सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार, पारिवारिक मृत्यु समवेदना, सदस्य मृत्यु राहत, प्राकृतिक प्रकोप राहत, नवजात शिशु सेवा तथा विशेष उपचार सुविधा सञ्चालन गर्दै आएको जनाएको छ ।

२०८३ असार मसान्तसम्म १ हजार ९५३ जना सदस्यलाई कुल १ करोड ६७ लाख ८० हजार २ सय ८१ रुपैयाँ बराबरको सदस्य सुरक्षण सुविधा प्रदान गरिएको विवरणमा उल्लेख गरिएको छ । संस्थाले सहकारी विभागको मिति २०७९ श्रावण ३२ गतेको निर्देशन बमोजिम उक्त वित्तीय विवरण सार्वजनिक गरेको जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १९, मंगलवार १९:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP