• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता, नवलपुर मावि प्रथम

इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता, नवलपुर मावि प्रथम

सिन्धुपाल्चोक । नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिको आयोजनामा सिन्धुपाल्चोकको नवलपुरमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

साउन ३० गते नवलपुरमा आयोजित प्रतियोगितामा इन्द्रावती गाउँपालिकाभित्रका कक्षा ९–१० सञ्चालन भएका १२ वटै माध्यमिक विद्यालयका विद्यार्थी टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालय ८५ अंक प्राप्त गर्दै प्रथम भएको छ । त्यस्तै ऐंसेलुखर्क माध्यमिक विद्यालय ८० अंकसहित द्वितीय र राजेश्वरी माध्यमिक विद्यालय ६५ अंक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगिताले विद्यार्थीहरूमा सामान्य ज्ञान, प्रविधिको प्रयोग, तर्क क्षमता तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई आयोजकले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समिति सदस्य शारदाप्रसाद सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष थापाले सार्वजनिक शिक्षाको उन्नयन र विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता प्रविधिमैत्री प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आयोजक समितिले सहभागी सबै विद्यालय र सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै विजेताहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ३०, शनिबार १९:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP