काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । साेमबार प्रतितोला १ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ६ हजार ८०० रूपैंयाँ कायम भएको छ । आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे छ ।
याे हप्ता आइतबार ३ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ६०० रूपैंयाँकाे बृद्धि भयाे ।
गत हप्ता आइतबार प्रतितोला ४ हजार ८०० रूपैंयाँले बढेकाे थियाे । सोमबार २०० ले मूल्य घटेको थियो भने मंगलबार ६ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे ।
यस्तै बुधबार १ हजार २०० रूपैंयाँले मूल्य घटेको थियाे । बिहीबार ५०० रूपैंयाँले मूल्य घट्याे भने शुक्रबार ४ हजार ६०० रूपैंयाँले मूल्य घटेको थियाे ।
यता आज चाँदीकाे मूल्य भने घटेकाे छ । १५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ७५५ रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया