• २०८३ भाद्र २७ | Sat, 12 Sep 2026

आजकाे माैसमः ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

आजकाे माैसमः ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । जसले गर्दा हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका साथै लुम्बिनी प्रदेशको तराई भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

देशको तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २७, शनिबार ०६:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP