• २०८३ भाद्र २७ | Sat, 12 Sep 2026

जिल्ला सहकारी संघ काभ्रेको ५९ औँ स्थापना दिवस सम्पन्न

जिल्ला सहकारी संघ काभ्रेको ५९ औँ स्थापना दिवस सम्पन्न

काभ्रे । जिल्ला सहकारी संघ लि., काभ्रेको ५९औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा भाद्र २६ गते शुक्रबार संघको सभाहलमा आयोजित कार्यक्रममा सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न महानुभावहरूको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघको स्थापना, सहकारी क्षेत्रको विकासमा संघले निर्वाह गर्दै आएको भूमिका तथा आगामी दिनमा संघलाई थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने विषयमा चर्चा गरिएको थियो । सहभागीहरूले सहकारी अभियानको संस्थागत विकास, समसामयिक चुनौतीको समाधान तथा सहकारी संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

५९औँ स्थापना दिवसका अवसरमा संघले विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ । संघले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै विविध गतिविधि सञ्चालन गरेको हो ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २६, शुक्रबार १८:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP