• २०८३ असार ३१ | Wed, 15 Jul 2026

गगन थापा नेतृत्वको कांग्रेसले पायाे आधिकारिकता, देउवाले गुमाए रुख र चार तारा

गगन थापा नेतृत्वको कांग्रेसले पायाे आधिकारिकता, देउवाले गुमाए रुख र चार तारा

काठमाडौँ। निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंग्याएको छ। आयोगले शुक्रबार बेलुका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई वैधानिकता दिएको बताए ।

अब सभापति थापा नेतृत्वको कांग्रेसले रुख चुनाव चिह्न र चार तारे झण्डासमेत पाउने भएको छ भने देउवाले यसकाे स्वामित्व गुमाएका छन् ।

यता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने शुक्रबार पत्रकारसम्मेलन गर्दै आधिकारिकता नपाएमा आफूहरू देशव्यापी आन्दोलनमा जाने घोषणा गरेको थियो ।

कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २, शुक्रबार १४:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP