• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनकाे मूल्य बढ्याे, चाँदीकाे घट्याे: कतिमा हुँदैछ काराेबार ?

सुनकाे मूल्य बढ्याे, चाँदीकाे घट्याे: कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।‌ आज प्रतिताेला ६ सय रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७७ हजार आठ सय कायम भएको छ।

गत हप्ता आइतबार सुन दुई हजार एक सय रुपैंयाँले बढेको थियो। साेमबार चार हजार एक सय रुपैँयाँले मूल्य बढ्याे । मंगलबार प्रतिताेला एक हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार एक हजार पाँच सयले बढेकाे थियाे । बिहीबार भने एक हजार पाँच सयले घटेकाे थियाे । शुक्रबार भने प्रतिताेला सात सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य भने घटेकाे छ । २० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६२५ कायम भएको महासंघले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ४, आईतवार ०४:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP