• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे विनिमय दरः अमेरिकी र अस्ट्रेलियन डलरकाे भाउ हालसम्मकै उच्च

आजकाे विनिमय दरः अमेरिकी र अस्ट्रेलियन डलरकाे भाउ हालसम्मकै उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज सबैजसो विदेशी मुद्राको मूल्य उच्च दरमा बढेको छ। अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा छ। पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ५८ र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा छ।

उता अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा छ। अस्ट्रेलियन डलरको यो मूल्य पनि हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा छ। बहराइन दिनार १ को खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ।

यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १०, शनिबार ००:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP