पनौती । काभ्रेको पनौती नगरपालिकामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल ४० हजार ७१० जना मतदाता रहेका छन् । जसमा सबैभन्दा धेरै वडानम्बर १ मा ४ हजार ४२५ मतदाता छन् भने सबैभन्दा कम वडानम्बर ६ मा २ हजार ४३ जना रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको जानकारीअनुसार वडानम्बर १ को भालचन्द्र मावि, विर्ताफलामे केन्द्रमा १ हजार ९८२ मतदाता रहेका छन् । सोही वडाको शान्ति निकेतन मावि, केन्द्रमा २ हजार ४४३ मतदाता रहेका छन् ।
वडानम्बर २ को फूलचोकी आधारभूत विद्यालय केन्द्रमा ८८८ जना र कुशादेवी मावि केन्द्रमा २ हजार ६२ जना रहेका छन् । वडानम्बर ३ को बिहावर आधारभूत विद्यालय केन्द्रमा ३ हजार ३१७ जना मतदाता रहेका छन् ।
यस्तै वडानम्बर ४ को बालोद्वार मावि केन्द्रमा १ हजार ९६८ जना, सोही वडाको अम्बिका बालविकास आधारभूत विद्यालय, केन्द्रमा २ हजार १२५ जना मतदाता रहेका छन् । वडानम्बर ५ को श्वेत गणेश आधारभूत विद्यालय, केन्द्रमा १ हजार ७११ र सोही वडाको वडा कार्यालय, सुब्बागाउँ केन्द्रमा २ हजार २९ जना रहेका छन् । वडानम्बर ६ को गोरखनाथ आधारभूत विद्यालय, केन्द्रमा २ हजार ४३ मतदाता रहेको तथ्यांक छ ।
पनौतीको वडानम्बर ७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालय केन्द्रमा १ हजार ५९६, सोही वडाको काठ गणेश सत्तल, केन्द्रमा १ हजार ३४९ जना र साबिक पनौती गाविस भवन केन्द्रमा १ हजार ४८ मतदाता छन् । वडानम्बर ८ को सिद्धार्थ वनस्थली मावि, केन्द्रमा १ हजार ६६१, सोही वडाको भालेश्वर माध्यमिक विद्यालय, केन्द्रमा १ हजार २६८ मतदाता रहेका छन् । यस्तै वडानम्बर ९ को शारदा मावि, सुन्थान केन्द्रमा ३ हजार ५१८ जना मतदाता छन् ।
वडानम्बर १० स्थित श्रीराम माध्यमिक विद्यालय, खोपासी, केन्द्रमा २ हजार १७७ र सोही वडाको बाल आधारभूत विद्यालय केन्द्रमा १ हजार ७९२, वडानम्बर ११ को लड्केश्वर आधारभूत विद्यालय, केन्द्रमा २ हजार ५९६ मतदाता रहेका छन् । नगरपालिकाको वडानम्बर १२ को बालप्रकाश मावि, केन्द्रमा ३ हजार १३७ जना मतदाता रहेका छन् । यस पालिकामा २० मतदानस्थलमा ४६ वटा केन्द्र रहेका छन् ।
यस निर्वाचनमा भाग लिन पाउने जिल्लामा कुल मतदाता संख्या ३ लाख २६ हजार ६११ रहेको छ । जसमा पुरुषको संख्या १ लाख ६७ हजार ४९९, महिलाको संख्या १ लाख ५९ हजार ११० र अन्य २ जना रहेका छन् ।
जिल्लाका दुई निर्वाचन क्षेत्रमा यसपटक क्षेत्र नम्बर १ मा १८ र क्षेत्र नम्बर २ मा २४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले जानकारी दिएको छ ।
प्रतिक्रिया