काठमाडाैँ । ०८२ साल माघ १८ गते आइतबार । तदनुसार १ फेब्रुवरी २०२६ । पूर्णिमा तिथी ५३ घडी ५ पला उप्रान्त प्रतिपदा तिथी प्रारम्भ हुनेछ । तिष्य नक्षत्र ४४ घडी २२ पला उप्रान्त अत्लेषा नक्षत्र प्रारम्भ हुनेछ । पृति योग भर करण आज बिहान सूर्योदय ६:५३ मा भयो भने सूर्यास्त साँझ ५:४३ मा हुनेछ । आज आइतबार चन्द्रमा कर्कट राशि ।
मेष राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। आयमा वृद्धि भएर जानेछ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ। स्थायी सम्पत्तिमा वृद्धि भएर जाने योग छ। पुराना रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ।
वृष राशि
आयआर्जनमा वृद्धि भएर जानेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । पठनपाठनमा सफलता पाइनुका साथै पारिवारिक सरसहयोगले फसेको धन उठ्न सक्ने योग रहेको छ।
मिथुन राशि
अनावश्यकरूपमा पारिवारिक झैझमेलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। सञ्चित धनको नाश हुने योग छ।
कर्कट राशि
दुग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। पुराना साथीभाईसँग भेटघाट हुनाले मनमा उत्साह बढेर जानुका साथै जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । प्रेम गर्ने अवसर जुट्नेछ।
सिंह राशि
पठनपाठनमा बाधा आउने देखिन्छ । कृषि तथा चौपायाबाट घाटा बेहोर्नुपर्नेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुका साथै मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ।
कन्या राशि
दाजुभाइको सर सहयोगले हराएको धनमाल भेटाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। लेखनशैलीमा तीव्रता आउनेछ । स्वास्थ्यमा सुधार आउनुका साथै भोजभतेरमा सहभागी भइनेछ।
तुला राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। राज्यपक्षबाट कष्टता पाइनुका साथै विश्वास गरेका आफन्तबाट धोका पाइने छ।
वृश्चिक राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । राजनीतिमा आफूलाई अगाडि लगाएर अर्कैले फाइदा लिन सक्ने देखिन्छ।
धनु राशि
बौद्धिक कार्यमा अगाडि बढिने योग छ। अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ। सामाजिक सेवामा समय व्यतित भएर जानुका साथै मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
मकर राशि
पारिवारिक सरसहयोगले काममा सफलता पाइने योग छ । अधुरा कामहरू पूरा भएर जानेछन् । स्थायी सम्पत्तिमा वृद्धि भएर जानुका साथै दाजुभाइसँग रमाइलोमा समय व्यतित भएर जानेछ।
कुम्भ राशि
विश्वास गरेका आफन्तबाट धोका पाइने योग छ। सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। पतिपत्नीबीच सानो कुरामा पनि विवाद बढेर जानेछ । मुद्दा मामिलामा फसिन सक्ने देखिन्छ।
मीन राशि
शत्रुपक्षबाट जोगिनुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। अनावश्यकरुपमा कलह बढेर जानेछ। चोटपटकको सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ। सजगता अपनाउनुपर्ने देखिन्छ।
प्रतिक्रिया