• २०८३ असार ३२ | Thu, 16 Jul 2026

यस्ताे छ आजकाे मौसम पूर्वानुमान

यस्ताे छ आजकाे मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

हाल तराईका थोरै स्थानहरूमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका पहाडी र हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भागमा र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भागको मौसम मुख्यतया सफा रहने छ।

राति तराईका थोरै स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २३, शुक्रबार ००:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP