• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

कस्ताे रहला आजकाे माैसम ?

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । बाँकी भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका थोरै स्थानहरू र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २४, आईतवार ०१:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP