• २०८३ असार ३२ | Thu, 16 Jul 2026

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायम

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ।

आज दिउँसो तराई भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।

राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २, शनिबार ०१:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP