काठमाडाैँ । ०८२ साल फागुन ११ गते सोमबार तदनुसार २३ फेब्रुवरि २०२६ । षष्ठी तिथी ०८ घडी ०९ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ हुनेछ । भरणी नक्षत्र २६ घडी ५९ पला उप्रान्त कृतिका नक्षत्र प्रारम्भ हुनेछ । ब्रम्ह योग गर करण आज बिहान सूर्योदय ६:३७ मा भयो भने सूर्यास्त साँझ ५:५९ मा हुनेछ। आज सोमबार चन्द्रमा मेष राशिमा
मेष
आज नयाँ काम सुरु गर्ने उत्साह बढ्ने दिन हो । अड्किएको काम अघि बढ्न सक्छ । खर्च बढ्न सक्छ, तर आवश्यक ठाउँमै हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
वृष
धैर्य र संयमताले सफलता मिल्ने दिन हो । काममा अलि ढिलाइ भए पनि अन्तिम नतिजा राम्रो हुनेछ। आर्थिक पक्ष स्थिर रहनेछ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ।
मिथुन
आज कुराकानी र बुद्धिको प्रयोगबाट फाइदा उठाउन सक्नुहुन्छ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्ने योग छ। छोटो यात्राको सम्भावना पनि देखिन्छ।
कर्कट
भावनात्मकरूपमा अलि संवेदनशील बन्न सक्नुहुन्छ। परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ। खर्च नियन्त्रण गर्न जरुरी छ।
सिंह
आत्मविश्वास उच्च रहने दिन हो। नेतृत्वदायी भूमिका मिल्न सक्छ। काममा प्रशंसा पाइनेछ। घमण्ड नगर्नुहोस्, नत्र सम्बन्ध बिग्रन सक्छ।
कन्या
सामान्य मिहेनतले पनि राम्रो परिणाम दिने दिन हो । काममा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । स्वास्थ्य राम्रो रहनेछ। लेखन, पढाइमा सफलता मिल्ने संकेत छ।
तुला
आज निर्णय लिँदा अलि अन्योल हुन सक्छ। अरूको सल्लाह उपयोगी हुनेछ। दाम्पत्य जीवनमा मिठास बढ्नेछ। आर्थिक रूपमा मध्यम दिन छ ।
वृश्चिक
आज आत्मविश्वास र धैर्यताले सफलता दिलाउने दिन हो। जिम्मेवारी बढ्न सक्छ। आर्थिक निर्णय सोचविचार गरेर लिनुहोस् । परिवारबाट साथ पाइनेछ।
धनु
भाग्यले साथ दिने दिन हो। नयाँ अवसरको संकेत देखिन्छ। धार्मिक वा आध्यात्मिक कुरामा मन जानेछ। यात्राबाट लाभ मिल्न सक्छ।
मकर
परिश्रमअनुसार फल प्राप्त हुने दिन हो । काममा निरन्तरता आवश्यक छ। वरिष्ठ व्यक्तिसँग सम्बन्ध राम्रो रहनेछ। स्वास्थ्यमा अलि थकान महसुस हुन सक्छ।
कुम्भ
नयाँ सोच र योजनाले मन उत्साहित रहनेछ। मित्रहरूको सहयोग मिल्नेछ। खर्च अलि बढ्न सक्छ। प्रविधि वा रचनात्मक काममा सफलता पाइनेछ ।
मीन
मन शान्त र सकारात्मक रहने दिन हो । पुरानो समस्याको समाधान भेटिन सक्छ। पारिवारिक सुख प्राप्त हुनेछ। स्वास्थ्य राम्रो छ तर आराममा ध्यान दिनुहोस्।
प्रतिक्रिया