• २०८३ असार ३२ | Thu, 16 Jul 2026

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडौँ । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ।

बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

राति तराई भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १९, मंगलवार ०१:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP