• २०८३ असार ३२ | Thu, 16 Jul 2026

देशका अधिकांश स्थानमा मौसम सफा, केही स्थानमा बदली र वर्षाकाे सम्भावना

देशका अधिकांश स्थानमा मौसम सफा, केही स्थानमा बदली र वर्षाकाे सम्भावना

काठमाडौँ । आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

पहाडी भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने छ।

त्यसैगरी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ ।

लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा, हिमपात तथा पहाडी क्षेत्रमा आंशिक बदलीका साथ एक दुई स्थानमा हल्का वर्षा हुनसक्ने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया सफा रहनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार ०१:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP