• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रे क्षेत्र नम्बर २ मा रास्वपाका बदन भण्डारी अरु प्रतिस्पर्धीभन्दा निकै अगाडि

काभ्रे क्षेत्र नम्बर २ मा रास्वपाका बदन भण्डारी अरु प्रतिस्पर्धीभन्दा निकै अगाडि

धुलिखेल । काभ्रेका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ काे धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ७ सम्म र पनाैती नगरपालिकाका १, २ र ३ नम्बर वडामा गणना हुँदा रास्वपाका बदन भण्डारी निकै अगाडि छन् ।

उनले ८ हजार ५५१ मत ल्याउँदा एमालेका अशाेक व्याञ्जुले ३ हजार ६१९ र नेपाली कांग्रेसका मधु आचार्यले २ हजार १६५ मत ल्याएका छन् । यहाँ नेकपाका वसुन्धरा हुमागाईँले ७२९ र उज्यालाे नेपालकी ज्याेत्सना सैँजुले ५३८ मत ल्याएकी छिन् ।

यस्तै क्षेत्र नम्बर १ अन्तर्गत महाभारत गाउँपालिका चार वटा वडाकाे मत गणना हुँदा नेकपाका दिनानाथ गाैतमले अग्रस्थान लिएका छन् । उनले १ हजार ८१७ मत ल्याउँदा कांग्रेसका गुणराज मुक्तानले ८५५, एमालेका अमित लामाले ५११ र रास्वपाका मधु चाैँलागाईँले १२३ मत पाएका छन् ।

बिहीबार भएकाे मतदानमा काभ्रेमा १ लाख ९७ हजार ३४१ मत खसेकाे थियाे । जम्मा ३ लाख २६ हजार ६११ मतदाता रहेकाे जिल्लाकाे क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १०० मतदाता रहेका थिए । यस क्षेत्रमा ९१ हजार १२८ मत खसेकाे छ ।

यस्तै क्षेत्र नम्बर २ मा कूल १ लाख ६५ हजार ५११ मतदाता रहेका थिए । यहाँ १ लाख ६ हजार २१३ मत खसेकाे थियाे । मत गणना जारी छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार ११:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP