• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई निर्वाचितको प्रमाणपत्र हस्तान्तरण

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई निर्वाचितको प्रमाणपत्र हस्तान्तरण

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई निर्वाचितको प्रमाणपत्र हस्तान्तरण गरिएकाे छ ।

आयोगका सचिव एवम् समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे हाे ।

कार्यक्रममा निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरालगायत आयोगका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ५, बिहीबार १५:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP