• २०८३ असार ३१ | Wed, 15 Jul 2026

निर्वाचनमा ५५ देखि ६० प्रतिशतसम्म मतदान भएको आयोगकाे अनुमान

निर्वाचनमा ५५ देखि ६० प्रतिशतसम्म मतदान भएको आयोगकाे अनुमान

काठमाडौँ । आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ५५ देखि ६० प्रतिशतसम्म मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ।

आयोगका अनुसार साँझ ५ बजेसम्म देशभर मतदान जारी रहेकाले अन्तिम विवरण संकलन भइरहेको छ।

तोकिएको समयसम्म मतदान केन्द्र पुगेका र लाइनमा बसेका मतदाताले मतदान गरिरहेका छन्।

विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यकिन प्रतिशत सार्वजनिक गर्न केही समय लाग्ने पनि आयाेगले जनाएकाे छ। निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

देशभर १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता छन् । २०७९ को निर्वाचनमा ६१ प्रतिशत मतदान भएको थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ६७.६३ मतदान भएको थियो।

 



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २१, बिहीबार १२:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP